काठमाडौँ । अचार भनेर गाँजा लैजान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाका अशोककुमार मण्डल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार, नेपाल एयरलाइन्सको विमानमार्फत बुधबार साँझ ६ बजे साउदी जान लागेका मण्डलको नियमित जाँच गर्ने क्रममा शंका लागेपछि थप सोधपुछ गरिएको थियो ।

OM Sai Pathibhara Hospital

प्रारम्भिक सोधपुछपछि थप अनुसन्धान गर्न विमानस्थल प्रहरीले मण्डल र बरामद सामानलाई लागूऔषध नियन्त्रण ब्युरोको जिम्मा लगाएको छ ।