काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले सात जना प्रहरी उपरीक्षक (एसपी)हरूको काज सरुवा गरेकाे छ ।

हेडक्वाटरले एसपी श्यामसिंह चौधरीलाई धनकुटा जिल्लामा काज सरुवा गरेकाे छ । एसपी बालनरसिंह राणालाई प्रहरी प्रधान कार्यालय महिला बालबालिका महाशाखामा काज सरुवा भएकाे छ ।

OM Sai Pathibhara Hospital

एसपी विनोद सिलवाललाई सर्बोच्च अदालत, विमल बस्नेतलाई मर्यादापालक, वीरेन्द्र शाहीलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काज सरुवा भएको छ ।

एसपी विमलराज कँडेललाई कल्याण महाशाखा, नान्तीराज गुरुङलाई प्रप्रका ट्राफिक ब्यबस्थापन महाशाखाामा काज सरुवा भएकाे  छ ।