फिक्कल । पुर्बी नाका इलामको पसुपती नगरबाट तस्करि भएको चाइनिज लाइटर भारतको  सिलिगुडिमा पक्राउ परेको छ। 

OM Sai Pathibhara Hospital

विशेष सुचनाको आधारमा स्पेसल अपरेसन ग्रुप र सिलगुढी प्रहरीले मंगलबार खालपाडा इलाकाको ललन महतोले सञ्चालन गरेको गोदाममा नेपालबाट अवैध रुपमा भित्राइएको ४० कार्टुन चाइनिज लाइटर बरामद गरेको छ। सिलगुढी प्रहरीले लाइटरसहित गोदाम सञ्चालक महतोलाई पनि पक्राउ गरेको छ। लाइटरको अनुमानित भारतीय बजार मूल्य लगभग १२ लाख रुपैयाँ तोकिएको प्रहरिले बताएको छ।Screenshot_2024_0221_091647

लाइटर नेपालका बिभिन्न नाकाबाट पनि अवैध रुपमा भित्राइ सिलगुढी पुर्‍याउने भारतीय प्रहरीको दाबी छ। नेपाली व्यापारीले पछिल्लो समयमा चीनबाट ठुलो परिणाममा लाइटर आयात गरी नेपाल भित्राएका छन्।  व्यापारी समूहले चाइनिज लाइटर झापाको गोदाममा ल्याएर भण्डारण गरी राखेको र  अहिले चाइनिज लाइटर अवैध रुपमा भारत निकासी गरिरहेका छन।

झापाको पूर्वी नाका मेचीनगरका विभिन्न स्थानबाट पनि चाइनिज लाइटर भारत तस्करी भइरहेको पाइएको छ। मेचीनगरको सतिघट्टा, काँकडभिट्टा, नकलबन्दा, बाहुनडाँगी, तिरिङ, खोलागोदाम भद्रपुरको दोभान, गणेश मन्दिर, आपगाछी, किच्चकवध, पाठामारि  लगायतको खुल्ला नाकाबाट ठुलो परिणामको चाइनिज लाइटर भारत तस्करी भइरहेको छ। भारत तस्करी भएको ४० कार्टुन चाइनिज लाइटर पश्चिम बङ्गाल प्रहरीले मंगलबार सिलगुढीबाट बरामद गरेसँगै सो घटनाको पुष्टि भएको छ। Screenshot_2024_0221_115015

पक्राउ परेको १ लाख २२ हजार पिस लाइटरको अनुमानित भारतीय बजार मूल्य लगभग १२ लाख रुपैयाँ तोकिएको छ। नेपाली मुल्य सात हजार पर्ने चाइनिज लाइटर भारतिय बजारमा भारतिय रुपैया छ हजार पर्ने व्यापारी बताउछन।

सुपारी, मरीच, केराउ र छोकडा ल्याउने नेपाली व्यापारीले पछिल्लो समयमा चीनबाट ठुलो परिमाणमा लाइटर आयात गरी नेपाल भित्राएका छन्। लेवर लगाएर बोकाउदा भन्दा गाडिमा लान सस्तो पर्ने भएकाले पसुपतिनगर नाका ब्यापारिको रोजाइमा परेको हो उक्त  नाकाबाट दिनहुँ सीमामा तैनाथ सुरक्षाकर्मीको सेटिङमा लाइटर भारत तस्करी भैरहेको छ।