एजेन्शी  ।  अफगानिस्तानमा आएको पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ। जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार अफगानिस्तानको पूर्वी भागमा रहेको नुरिस्तान प्रान्तमा गएराति गएको पहिरोमा परेर ८ जना घाइते भएका छन् र कैयौ‌ पुरिएका छन्।

अफगानिस्तानको विपत्त मन्त्रालयको सोमबार सार्वजनिक भएको तथ्यांकअनुसार मुसलधारे पानी परेर पहिरो गएको थियो।

OM Sai Pathibhara Hospital

डीडब्लूले हिन्दू कुश हिमालय श्रृङ्खलाको दक्षिण छेउमा पर्ने नरिस्तान प्रान्तको पहिरोमा परेकाहरुको उद्धार गर्न सहायता निकायको अभावले समस्यामा परेको बताएको छ।

सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी बहिर्गमन तथा तालिवानको पुनरागमनसँगै विदेशी सहायताहरु घटेपछि अफगानिस्तान जस्तो प्रकोप पीडित देशलाई धेरै समस्या थपिएको बताइएको छ।