काठमाण्डौ । नेपाल प्रहरिले चितवनमा ५४२ किलो गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिँदै दुईजनालाई पक्राउ गरेकाे छ । 

पक्राउ पर्नेहरुमा ना ३ ख ७२४० नं. डिब्बा ट्रक चालक धनकुटा छथर जोरपाटे गाउँपालिका वडा नं. ३ बस्ने ३२ वर्षिय रमेशनाथ दाहाल र ना ३ ख ६१२२ नं. को ट्रकमा सवार कपिलवस्तु बुद्धभुमी नगरपालिका वडा नं. ४ बस्ने २५ वर्षिय खुशिराम थारु रहेका छन् । 

OM Sai Pathibhara Hospital

ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक श्याममणी पोखरेलको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाँदा सोमबार बिहान ८ बजे राप्ती नगरपालिका वडा नं. ३ झुरझुरे स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डको छेउमा रोकी राखेकोले उक्त दुईवटा ट्रकलाई चेकजाँच गर्ने क्रममा  ट्रकमा लुकाई छिपाई राखेको अवस्थामा ३९ वटा पोकामा ५४२ किलो लागुऔषध गाँजा फेला परेको र प्रारम्भिक अनुसन्धान गर्दा सो गाँजा धादिङको मलेखुबाट उक्त  डिब्बा ट्रकमा पल्टी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।