काठमाडौँ । प्रजातन्त्र दिवसको रिपोर्टिङ गर्न टुँडिखेल पुगेका पत्रकारहरूलाई प्रवेशमा निषेध गरिएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश दिइएको छैन।FB_IMG_1708318413509

गृह मन्त्रालयले आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको पास देखाउँदा समेत सैनिकहरूले गेटमै रोकेका हुन् । विभागको पासका आधारमा प्रवेश नदिइने र समाचार संकलनका लागि विशेष प्रवेश पास लिनुपर्ने भन्दै प्रवेशमा रोक लगाइएको त्यहाँ उपस्थित पत्रकारहरूले बताएका छन् ।FB_IMG_1708318400149

OM Sai Pathibhara Hospital

प्रजातन्त्र दिवसको कार्यक्रम रिपोर्टिङका लागि पुगेका पत्रकारहरूलाई प्रहरीले प्रवेश नदिएको हो । गृह मन्त्रालयले आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको प्रेस पास देखाउँदा समेत प्रवेश नदिएपछि पत्रकारहरूले 'क्यामेरा डाउन' गरेका छन् ।FB_IMG_1708318404121

अहिले सैनिक मञ्च टुँडिखेलमा ७४ औं प्रजातन्त्र दिवस समारोह भइरहेको छ । सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत मन्त्रीहरू र उच्च पदस्थ अधिकारी उपस्थित छन् ।

आज ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनिया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।