काठमाडौं । प्रहरीले गठीसम्बन्धी कसूरको अभियोगमा ४० वर्षीय सूर्यमान तामाङलाई पक्राउ गरेको छ ।

काठमाडौं । प्रहरीले गठीसम्बन्धी कसूरको अभियोगमा ४० वर्षीय सूर्यमान तामाङलाई पक्राउ गरेको छ ।

OM Sai Pathibhara Hospital

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध कार्यालय, मीनभवनले तामाङलाई शुक्रबार काठमाडौंको रविभवनबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । पक्राउ परेका तामाङ काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ६ घर भई हाल काठमाडौंको हात्तिगौडा बस्ने सार्किमान तामाङको छोरा हुन् ।

तामाङलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएका रविभवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।तामाङलाई थप अनुसन्धानका लागि मीनभवन प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।