काठमाण्डौ । दाङमा गोली हानेर एक जनाको हत्या भएको छ । घोराहीको दामोदर चोकमा डिउटीमा रहेका महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो ।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको गोली उनकै श्रीमानले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

OM Sai Pathibhara Hospital

गोली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखोलाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।झाक्री नेपालगञ्जमा कार्यरत प्रहरी रहेको प्रहरीले बताएको छ ।Screenshot_2024_0215_215515

दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार टु ट्वान्टी बाइकमा आएका झाँक्रीले घोराहीको दामोदर चोकमा हतियारसहित डियुटीमा बसेकी श्रीमतीलाई तीन राउन्ड गोली हानेका थिए । दुई राउन्ड कोखामा र एक राउन्ड गोली छातीमा लागेको थियो ।

गोली प्रहारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले मगरलाई मृत घोषणा गरेका थिए । श्रीमतीलाई गोली हानी हत्या गर्ने सहायक हवलदार झाँक्रीलाई प्रहरी पेस्तोलसहित लमहीबाट पक्राउ गरेको छ ।

सहायक हवलदार झाँक्री कर्णाली प्रदेश प्रहरी कार्यालय(हाल नेपालगन्ज बाँके)का एसएसपीका बडिगार्ड हुन् । प्रहरीका अनुहार उनकी श्रीमतीले दाङ जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन् ।