काठमाडौं। काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ माकलवारीस्थित दिलमाया आलेमगरको घरबाट सुनका विभिन्न गरगहना तथा नगदसहित रु ६५ लाख बराबरको धनमाल चोरी भएको छ।

पिडितको जाहेरिका आधारमा खोजतलास गर्ने क्रममा चोरीमा संलग्न पाँच जना भारतीय नागरिकलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार फोहर उठाउने बहानामा दिउँसो माघ २८ गते दिउँसो घरको ढोका फोडेर चोरी भएको हो। चोरीमा संलग्न भएको अभियोगमा भारतीय नागरिकलाई आज सार्वजनिक गरिएको हो

OM Sai Pathibhara Hospital

त्यसअघि अभियुक्तहरूले काठमाडौंको बूढानीलकण्ठस्थित दिनेश घिमिरेको घरबाट चोरेको सुन तथा नगद गरी रु २५ लाख बराबरको धनमाल बरामद गरिएको छ। गोकर्णेश्वर नगरपालिका बस्ने गीता राईको घरबाट सुनचाँदीका गरगहना तथा नगदसमेत गरी रु चार लाख १० हजार बराबरको धनमाल बरामद गरिएको प्रहरीले जनाएको छ।