काठमाडौं  । ललिता निवासको जग्गा हिनामिनासम्बन्धी मुद्दामा विशेष अदालतले १२ जनालाई दोषी ठहर्‍याएको छ।

बिहीबार अदालतको आदेश सार्वजनिक गर्दै प्रवक्ता धनबहादुर कार्कीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको जानकारी दिए। विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो। त्यस्तै कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि दोषी ठहर भएका छन्। उनीहरुलाई २ वर्ष कैद सजाय तोकिएको छ। त्यस्तै ९ करोड रुपैयाँ जरिवाना १२ जनाले दामासाहीले तिर्ने फैसला भएको छ।

OM Sai Pathibhara Hospital

अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त तथा तत्कालीन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई पनि दोषी ठहर गरेको छ। उनीहरुलाई दुई वर्ष कैद, ८० लाख जरिवाना र विगो असुल गर्ने फैसला गरेको छ। अदालतले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ। त्यस्तै राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको प्रवक्ता कार्कीले बताए।

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा अख्तियारले चार मन्त्री र तीन पूर्वसचिवसहित ११० जनालाई विगो र जरिवाना तथा ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि मुद्दा दायर गरेको थियो।

फैसलाको  पूर्णपाठ::