काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणको फैसला बिहीबार(आज) मात्रै सुनाउने भएको छ । बुधबारनै फैसला सुनाउने तयारी गरे पनि समय अभाव भएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेर बिहीबार(आज) फैसला सुनाइने भएको हो ।

फैसला सुन्न प्रतिवादी र उनीहरुका वकिल विशेष अदालतमा उपस्थित भए पनि अदालतले समय अभाव देखाउँदै आजका लागि सारेको हो ।

OM Sai Pathibhara Hospital

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, ३ जना पूर्वमन्त्री, अख्तियारका तत्कालिन प्रमुखसहित त्यतिबेलाका उच्च पदस्थ सरकारी कर्मचारी, जग्गाधनी र जग्गा खरिद गर्नेहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।