काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटमा पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । बर्दघाट नगरपालिका–१३ का अजय अहिर र कमल चौधरी पक्राउ परेका हुन् ।Screenshot_2024_0215_030427

अजयले लगाएको पाइन्टमा लुकाएको अवस्थामा कालो रंगको पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला अदालतबाट हात हतियार तथा खरखजना मुद्दामा म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।