काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल सवारी दुर्घटनामा परेका छन्। शनिबार महासचिव पोखरेल चढेको म १ च ३६९ नम्बरको स्कोरपियो जिप सुर्खेतबाट दैलेख जाने क्रममा दुर्घटनामा परेको छ।

गाडी दुर्घटनामा महासचिव पाखरेललाई सामान्य चोट लागेको छ। ट्रमा सेन्टरमा सामान्य उपचारपछि पोखरेल घर फर्किसकेका छन्। उक्त दुर्घटना परी कर्णाली प्रदेश कमिटी उपसचिव पद्मा  खड्काको हात फ्याक्चर भएको छ । 

OM Sai Pathibhara Hospital

आइतबार बिहान सुर्खेत हुँदै विमानबाट काठमाडौं फर्किएका पोखरेलले ट्रमा सेन्टरमा पुगेर स्वास्थ्य जाँच गराएका थिए । भिडियो एक्सरे गर्दा सामान्य चोट मात्र देखिएपछि उनलाई चिकित्सकहरूले औषधि लिएर केही दिन घरमै आराम गर्न सुझाव दिएका छन् ।