काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित चितवन पुगेका छन् । पूर्वराजा शाह ११ दिन बस्ने गरी पूर्वरानी कोमललगायत परिवारका सदस्यसहित चितवन पुगेका हुन् ।

चितवनको विभिन्न स्थान घुम्ने गरी पूर्व राजपरिवार चितवन गएको हो । पूर्व राजा शाहलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

OM Sai Pathibhara Hospital

पूर्व राजालाई विमानस्थल बाहिर निकाल्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । पूर्व राजा शाह आफैँले गाडी चलाएर विमानस्थलबाट बाहिरिएका थिए । उनी आइतबार पटिहानीको होटल सोल्टीमा बसेका छन् ।