काठमाडौं । कोशी प्रदेश सरकार र प्रदेश पुनः नामकरण संघर्ष समितिबीचको वार्ता आज शुक्रबार बिहान ८ बजे बस्ने गरी सकिएको छ । दुवै पक्षबीच बिहीबार दिउँसो ४ बजेदेखि विराटनगरमा छलफल भएको थियो ।

वार्ता सकारात्मक भएको दुवै पक्षले दाबी गरेका हुन् । यस्तै पहिचानसहितको नामकरणको माग गरिहेको संघर्ष समितिले पनि वार्ता सकारात्मक भएको बताएको छ । वार्ता सकारात्मक भएको पहिचान पक्षधरका नेता युवराज राईले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

कोशी प्रदेश सरकारले संघर्षरत पहिचान पक्षधर समूहसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगू, पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिव रहने गरी वार्ता समिति बनाएको थियो ।

सङ्घर्ष समितिको तर्फबाट भने डकेन्द्र सिं थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, दिवस राई, लाक्पा शेर्पा, कुमार लिङ्देन मिराक, पदम लिम्बू, अर्जुन जमेली राई, जेन्टल लावती, पदम जबेगु र चन्द्रकुमार चौधरी रहेका छन् ।