काठमाडौं  ।   देशका केही भूभागमा आज हिमपातको सम्भावना छ। पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना नरहे पनि उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

OM Sai Pathibhara Hospital

राति कोसी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।