काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय बालाजु बनस्थलीमा आगलागी भएको छ । कार्यालय भवनको तेस्रो तलामा आगलागी भएको हो ।

प्रहरीका अनुसार आगलागी नियन्त्रणमा आइसकेको छ ।विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन ।