काठमाडौं । पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी मुद्दामा उजुरी दर्ता भएको छ। 

भरतपुर महानगरपालिका १६ की पूर्णीमाया गुरुङले सामाजिक सञ्जालमा आफ्नो पोष्ट गरी गलत भ्रम फैलाइएको भन्दै बिहीबार उपाध्यायविरुद्ध उजुरी दिएकी हुन्। 

OM Sai Pathibhara Hospital

उनले 'गोरु खाने धराने' भन्दै पूर्णीमायाको फोटो फेसबुकमा हालेका थिए। तर, त्यो फोटो आफ्नो दुई वर्षअघि माइती गाउँको भिडिओबाट स्क्रिन सर्ट लिएर उनको आरोप छ। दुई वर्षअघि तनहुँस्थित माइतीमा पुगेका बेला राँगाको मासु खाएको भिडिओ टिकटकमा हालेकी थिइन्।