पर्सा  ।   बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामान लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना ३ ख ७९१० नम्बरको मालवाहक ट्रकलाई गण्डक स्थित सडक खण्डबाट नियन्त्रणमा लिईएको पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी दिए।

OM Sai Pathibhara Hospital

वीरगंज महानगरपालिका वडा नम्बर १४ गण्डकमा ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ट्रकमा विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको र बिल बिजक पनी संकास्पद देखिएपछी ट्रकलाई नियन्त्रणमा लिईएको प्रहरी उपरीक्षक शाहले बताए।

प्रहरीले ६१ लाख ४१ हजार ६२ रूपैया बराबरको ट्रक र सो ट्रक भित्र रहेको माल समान थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।