Screenshot_2023-04-12-06-39-08-41_a23b203fd3aafc6dcb84e438dda678b6बैतडी  ।   बैतडीको पाटन नगरपालिका स्थित झौलेकमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । 

जिपको पछाडि सवार केही व्यक्ति हामफालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । Screenshot_2023-04-12-07-14-20-43_a23b203fd3aafc6dcb84e438dda678b6

OM Sai Pathibhara Hospital


भारतमा रोजगारी गरेर नयाँ वर्ष (विशु) का लागि घर फर्कंदै गरेका बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६ जनाको मृत्यु भएको हो ।

झुलाघाटबाट बझाङको बाग्थलातर्फ जादै गरेको से १ ज ७६४ नम्बरको जिप मंगलबार राति ११ बजे र्दुघटनामा परेको हो ।

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् ।

जिपमा सवार अन्य ५ जनाले हाम फालेर ज्यान जोगाएका छन् । जिप सडकबाट ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता इन्सपेक्टर योगेश खत्रीले बताउनुभयो ।

चालक सम्पर्क विहिन रहेको प्रहरीले जनाएको छ ।