काठमाण्डौ । कैलालीको मालाखेती अस्पतालमा सुत्केरी महिला र नवजात शिशुको मृत्यु भएपछि तनाब भएको छ।
आइतवार बिहान सुत्केरी व्यथा लागेपछि अस्पताल पुगेकी गोदावरी नगरपालिका वडा नम्बर २ कडायत टोलकी २८ वर्षीया लक्ष्मी भट्टराई र नवजात शिशुको मृत्यु भएको हो।
अस्पतालको लापरबाहीका कारण सुत्केरी र शिशुको मृत्यु भएको भन्दै स्थानीयले दिनभर प्रदर्शन गरेका हुन्।
मृतका आफन्त र स्थानीयले महेन्द्र राजमार्ग अबरुद्ध गरेर प्रदशर्न गरिरहेका छन्।
उनीहरुले अस्पतालको लापरबाहीले आमा र शिशुको मृत्यु भएको भन्दै चिकित्सक र घटनामा संलग्न स्वास्थ्यकर्मीलाई कारबाहीको माग गरेका छन्।
मृतक महिलाको ६ वर्षीय बालकको लालनपालन गर्ने जिम्मा पनि अस्पतालले लिनुपर्ने भन्दै प्रदर्शन भइरहेको मृतकका आफन्त गोपालदत्त भट्टले बताएका छन।