पाल्पा   ।    पाल्पामा १० वर्षीया बालिकामाथि ३७ वर्षीय पुरुषद्वारा बलात्कृत भएकी छिन् ।

बालिकालाई बलात्कार गरेको अभियोगमा तानसेन नगरपालिका–११ गाबुडाँडा बस्ने ३७ वर्षीय लिलाबहादुर बस्याललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

OM Sai Pathibhara Hospital

बस्यालले ती बालिकालाई चैत २२ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।