काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तीन दिने स्पष्टीकरण सोधेका छन् ।

मन्त्री किरातीले दिएको जानकारीअनुसार सोमबार अधिकारीलाई स्पष्टीकरण सोधिएको हो ।IMG_20230410_195230

OM Sai Pathibhara Hospital

मन्त्रालयले वायुसेवा निगमको अवस्था सुधारका लागि पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा सुझाव समिति गठन गरेको थियो ।

आइतबार गठन गरेको समितिलाई दुई महिनाको समयसीमा दिइएको छ । समितिले काम सुरु गर्न नपाउँदै मन्त्री किराती एक्सनमा उत्रिएका छन्।

किरातीले ५ बुँदे स्पष्टीकरण सोध्दै त्यसको जवाफ तीन दिनभित्र दिन भनेका छन्। नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तीन दिने स्पष्टीकरण सोधेका बुदाहरु यस्तो छ।Screenshot_2023-04-10-19-44-04-57_a23b203fd3aafc6dcb84e438dda678b6

१. चार्टर फ्लाइटबाट निगमलाई आर्थिक भार के कति पर्न गएको हो ? स्पष्ट नभएकोले पुनः स्पष्ट बनाउने ।

२. नेपाल एयरलाइन्सको हवाइजहाजको दिल्लीमा पाङ्ग्रा बिग्रेको कारण जहाज उडानमा ढिलाई भएको  सम्बन्धमा पाङ्ग्रा लगायत सानातिना पार्टपूर्जाको व्यवस्था निगमको उडान हुने गन्तव्यमा किन राख्न नसकिएको हो ? साथै यसबाट आर्थिक भार के कति पर्न गयो ?

३. काठमाडौं दुबई सेक्टरमा पाइलटको अभावले जहाज उडानमा ढिलाई भएको जानकारी प्राप्त भएको सन्दर्भमा जानकारी प्राप्त हुँदा हुँदै पाइलटको व्यवस्था किन गर्न नसकिएको हो  ? यसबाट संस्थालाई के कति आर्थिक भार पर्न गयो ? 

४. एयरपोर्टमा सामान हराइरहेका गुनासो बारम्बार आइरहेकोले सो लाई नियन्त्रण गर्ने कार्य योजना के कस्तो छ ? पेश गर्ने ।

५. म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पद बहाली पश्चात टुइनेटर जहाज कति पटक ग्राउण्डेड भयो ? यसबाट संस्थालाई आर्थिक भार कति पर्न गयो ? अब आगामी दिनमा यस्तो हुन नदिने कार्य योजना हुनु पर्छ कि पर्दैन ? पेस गर्ने।