सरोज ,
पथरी २४ चैत्र । मोरङको पथरी शनिश्चरेमा सहिद रत्न कुमार बान्तवा दोस्रो राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता आजबाट सुरु भएको छ ।
कार्यक्रमको पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो र नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धर्म लामाले संयुक्त रूपमा चेस बोर्डमा गोटी चालेर उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरम लामाले नगरपालिकाले स्थानीय स्तरमा चेस खेलको प्रवर्दन गर्न सहयोग गरेको र विभिन्न विद्यालयका विद्यार्थीलाई खेलमा समावेस गरेको प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा बोल्दै पथरी शनिश्चरे नगरपालिकाका मेयर मोहनप्रसाद तुम्वापोले प्रतियोगितामा सहभागी खेलाडीहरूले आफ्नो कुलशता प्रस्तुत गरी राष्ट्रिय स्तरको खेलाडीको रूपमा परिचय बनाउन शुभकामना दिनुभयो ।
उहाँले समस्त खेलाडीको क्षमता अभिवृद्धि गर्ने नगरको प्राथमिकता रहेको भन्दै यो प्रतियोगिताको आयोजना गर्न पालिकाले आर्थिक सहयोग उपलब्ध गराएको बताउनुभयो । कार्यक्रममा नगर प्याप्सनका अध्यक्ष सुरेन्द्र राई लगायतले शुभकामना मनत्व्य राख्नुभएको थियो ।
कार्यक्रममा रजत जयन्तीको अवसरमा आयोजित चेस प्रतियोगीतामा विजेता समेत रहनुभएका पुराना चेस खेलाडी पथरीशनिश्चरे १ निवासी रत्न बहादुर राईलाई ५ हजार नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
फ्रेण्डसिप चेस क्लब, पथरी शनिश्चरे, मोरङ्गका अध्यक्ष अमीर राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ईप्रका पथरीका डिएसपी लक्ष्मी प्रसाद भण्डारी,वर्तमान चेस च्याम्पियन खेलाडी पुरूष पुरूषोत्तम चौलागाई, महिला च्याम्पियन सिन्दिरा जोशी,बाल्मिकी माविका संस्थापक नवोल किशोर खनाल लगायतको आतिथ्यता रहेको थियो ।
पथरीको सिनभिलेज पार्टी प्यालेसमा ४ दिनसम्मा सञ्चालन हुने प्रतियोगिताको पथरीशनिश्चरे नगरपालिका मुख्य सहयोगी रहेको छ । देश भरका १ सय ५० जना भन्दा बढि खेलाडिकोे सहभागीता रहेको खेलको निर्णायमा यासिर खम्बू रहेका छन् । प्रतियोगीतामा ३२ विदामा पुरस्कार वितरण गरीने आयोजकले जानकारी गराएको छ ।