झापा / नेपाल समुन्द्रपार निकासी पैठारी संघले सरकारलाई गाडी, मोटरसाइकल, मदिरा र स्मार्टफोन आयातमा लगाएको प्रतिबन्ध हटाउन माग गरको छ । 

संघले एक विज्ञप्ति जारी गर्दै आयात प्रतिबन्धका कारण व्यवसायीले नोक्सानी बेहोर्नु परेको र तस्करी बढेको भन्दै सरकारसँग यी चार बस्तुमा लगाएको प्रतिबन्ध हटाउन माग गरेको हो । 

OM Sai Pathibhara Hospital

बढी राजस्व संकलन हुने वस्तुको आयातमै प्रतिबन्ध लाग्दा एकातर्फ सरकारले लक्ष्यअनुसार राजस्व उठाउन नसकेको र अर्कोतर्फ ती वस्तुको कारोबारका लागि अर्बौं रुपैयाँ लगानी गरेका व्यवसायीले ठूलो नोक्सानी बेहोर्नुपरेको संघको भनाई छ । 

सरकारले मुद्रा सञ्चितिमा चाप परेको भन्दै गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गरी मदिरा, तास, मोबाइल, राजपत्रमा सूचना प्रकाशन गरी मदिरा, तास, मोबाइल, टीभी, मोटरसाइकल लगायत १० वस्तु आयात बन्देज गर्ने निर्णय गरेको थियो । 

गत भदौ १४ गते ६ प्रकार (चुरोट तथा सुर्ती, हीरा, टीभी, खेलौना, तास, कुरकुरे र लेज) आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो । प्रतिबन्ध खुलाउन उद्योगी व्यवसायीले निरन्तर दबाब दिए पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले शुक्रबार चार बस्तुको प्रतिबन्ध भने यथावत् राख्ने निर्णय गरेको छ ।

विदेशी मुद्रा सञ्चिति बढाउने नाममा सरकारले कार, जिप, भ्यान, ३०० डलरभन्दा बढी मूल्यको मोबाइल, १५० भन्दा बढी सीसीका मोटरसाइकल र तयारी मदिराको प्रतिबन्ध यथावत् राखेको हो ।  

अब चार वस्तुको आयात प्रतिबन्ध आगामी मंसिर २९ सम्म रहने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । चार वस्तुको आयात रोके पनि सरकारले तस्करी हुने सुपारी, केराउ र मरीच आयात भने निर्बाध रूपमा खुलाएको छ । 

औद्योगिक प्रयोजनको नाम दिइए पनि सीमित व्यवसायीको स्वार्थमा सरकारले यी वस्तु आयात खुला गरेको बताइएको छ । तस्करी हुने सुपारीको आयात खुलाएर सरकारले विरोधाभासपूर्ण निर्णय गरिरहेको अर्थविद्हरूको भनाइ छ ।