• दिपेन विश्वकर्मा

बर्ने / पछिल्लो समय पर्यटकीय क्षेत्रका रुपमा स्थापित बन्दै गएको बर्ने चिया बगान सयौँ मानिसको रोजगारीको केन्द्र बनेको छ । ५७५ बिगाहा क्षेत्रफलमा फैलिएको यस बगानमा स्थाई र अस्थाई गरि चार सयको हाराहारीमा मजदुरहरूले काम गर्दे आएका छन् । 

चिया बगानमा काम गरे बापत श्रमिकहरूले श्रम ऐनले तोकेको ज्याला पाउने गरेको छन् ।  हाल बगानमा काम गर्ने मजदुरले दैनिक रुपमा ४३५  रुपैयाँ पाउँदै आएका छन् । नेपाल चिया विकास लिमिटेडले झापामा बर्ने चिया बगान, टोकला चिया कमान र बाह्रदशी गरी ३ वटा चिया बगान सञ्चालन गर्दे आएको छ । 

OM Sai Pathibhara Hospital

बगानमा उत्पाद भएको चिया भारतीय बजारमा बिक्री बितरण हुने गरेको छ । भारतमा पछिल्लो समय नेपाली चियाको बजार भाउ घटेको छ । निगमले अहिले आधुनिक प्रविधिको प्रयोग गर्दै चिया खेतीमा बिभिन्न प्रकारका मेसिनहरूको प्रयोग गर्दै आइरहेको छ । निगममा स्थाई रुपमा काम गर्दै आएका मजदुरहरूले बगानमा काम श्रम ऐनले तोकेको ज्याला साथै दशैँ खर्च, घर बिदा, बिरामी बिदा, सञ्चयकोष, मरिमराउ बिदा लगायतका सेवा सुविधा पाउने गरेका छन् ।  

चिया बगानमा काम गर्दे गरेको अवस्थामा कुनै पनि दुर्घटना भएमा त्यसको जिम्मेवारी पनि निगमले लिने गरेको छ । नेपाल चिया विकास निगम झापाका प्रशासन शाखा प्रमुख लोकनाथ दङ्गालका अनुसार बर्ने चिया बगानमा अघिल्लो वर्षमा २७ लाख के जी चिया उत्पादन भएको थियो । तर यसपालि बिभिन्न कारणले चिया उत्पादनमा ह्रास आउने उनले बताए । 

यता चिया बगानमा कार्यरत मजदुरहरूले भने बढ्दो महङ्गीका कारण आफू र आफ्नो परिवार चलाउन असहज भएको बताउँछन् । उनीहरूले सम्बन्धित निकायलाई तबल भत्ता वृद्धि गरिदिन आग्रह गरेका छन् । श्रम ऐनले हरेक दुई वर्षमा श्रमिकहरूको तलब भत्ता वृदि गर्ने गरेको छ । तर पनि बढ्दो महङ्गीका कारण मजदुरहरू  दिन प्रतिदिन विदेशिन बाध्य छन् ।