काठमाडौं / बैंकहरूले कर्जामा गरेको कडाइ र ब्याजदर वृद्धिले घरजग्गाको कारोबारमा असर पारेको छ । चैतमा ३२ सय ६ लिखत पारित घटेर ७० हजार ८ सय ३० मा झरेको थियो भने वैशाखमा २६ हजार २७ ले लिखत पारित घटेर ४४ हजार ८ सय ३ मा आइपुगेको छ । 

बैंकहरूले सहजै ऋण दिन नसकेपछि फागुनमा तरलता संकट र ब्याजदर बढ्दा समेत घरजग्गाको कारोबार बढेको थियो । गत पुस र माघ महिनामा कारोबार घटेको थियो भने चैत र वैशाखमा घरजग्गा कारोबारसँगै राजस्व संकलन पनि घटेको छ ।  

OM Sai Pathibhara Hospital

भूमि व्यवस्थापन तथा अभिलेख विभागको पछिल्लो तथ्यांक अनुसार वैशाखमा लिखत संख्या घटेर ४४ हजार ८ सय ३ मा आइपुगेको छ । गत पुसमा ७० हजार १ सय ६८ रहेको लिखत पारित माघमा घटेर ५९ हजार ५१६ पुगेको थियो । 

माघको तुलनामा फागुनमा लिखत पारित १४ हजार ५ सय २० ले बढ्दै ७४ हजार ३६ पुगेको थियो । 

पुसमा ७० हजार १ सय ६८ रहेको लिखत पारित माघमा घटेर ५९ हजार ५ सय १६ पुगेको थियो । फागुनमा बढेर ७४ हजार ३६ पुगेको विभागले जनाएको छ । पुसको तुलनामा माघमा घरजग्गाको लिखत पारित १० हजार ६ सय ५२ ले घटेको थियो । 

वैशाखमा नेपालगञ्जबाट १ हजार ३ सय ७९, भक्तपुरबाट १ हजार ३ सय १५, चितवनबाट १ हजार १ सय ३५, कलंकीबाट १ हजार १ सय १०, काभ्रेबाट १ हजार ८६, मकवानपुरबाट १ हजार १५, विराटनगरबाट ९ सय ५५ लिखत पारित भएको विभागले जनाएको छ । 

वैशाखमा देशभरका मालपोत कार्यालयहरूमा लिखत पारित संख्या ह्वात्तै ओरालो लागेको छ । 

सरकारले वैशाखमा घरजग्गा कारोबारबाट देशभरका मालपोत कार्यालयहरूबाट जम्मा ४ अर्ब ७८ करोड रुपैयाँ राजस्व उठाएको विभागले जनाएको छ । 

देशका सबै मालपोत कार्यालयलाई उछिन्दै भक्तपुर मालपोतले घरजग्गा कारोबारबाट ८१ करोड २२ लाख रुपैयाँ उठाएको छ । भरतपुरपछि लगनखेल मालपोतले ४२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । 

डिल्लीबजारले २७ करोड ७१ लाख, कलङ्कीले २७ करो १५ लाख, चाबहिलले २४ करोड ८८ लाख, कास्कीले ११ करोड १४ लाख, चितवनले १० करोड ४५ लाख, मनमैजुले १० करोड ३४ लाख र साँखुले १० करो २५ लाख रुपैयाँ राजस्व उठाएको विभागले जनाएको छ ।