काठमाडौं / उच्च आयातका कारण विदेशी विनिमय सञ्चिति घट्न थालेपछि राष्ट्र बैंकले आयात नियन्त्रण गर्न विलासी बस्तुको एलसी मार्जिनको व्यवस्था गरेपनि सौन्दर्य बस्तुको आयात भने घट्न सकेको छैन । 

राष्ट्र बैंकले विलासिताका वस्तुमाथि शतप्रतिशत मार्जिनको व्यवस्था गरेपनि भन्सार विभागको तत्थ्यांक अनुसार सौन्दर्य सामाग्रीको आयातमा भने घटेको देखिएको छैन । 

OM Sai Pathibhara Hospital

लिपिस्टिक, क्रिम, नेल पोलिस, बडी लोसन, सिन्दुर र म्यानीक्युर ,स्याम्पु, कपालमा लगाउने तेल, कलर, क्रिम, कन्डिसनर जस्ता सौन्दर्य वस्तुको आयातमा कमी नआएको तथ्यांकमा देखिएको छ । 

वार्षिक ८ अर्ब बढीको आयात हुँदै आएको सो वस्तुको आयातमा कडाइ गर्दासमेत् त्यसको असर देखिएको छैन । चालु आर्थिक वर्षको ९ महिनामा मात्रै सौन्दर्य वस्तु करिब ७ अर्ब रुपैयाँ बराबरको आयात भएको छ ।

त्यस्तै , चैत महिनासम्म ६ अर्ब ९६ करोड ८९ लाख रुपैयाँको सौन्दर्य वस्तु र कपालमा प्रयोग हुने वस्तुको आयात भएको छ । आयातित वस्तुबाट २ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ भन्सार महसुल संकलन भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

त्यसैगरी, चैत महिनामा मात्रै ७० करोड १८ लाख रुपैयाँ बराबरको सौन्दर्य वस्तु आयात भएको छ । फागुनमा भने ६४ करोड ८० लाख रुपैयाँको मात्रै आयात भएको थियो भने चैत महिनामा मात्रै ६ अर्ब बढी रकमको सौन्दर्य वस्तु आयात भएको छ । 

त्यस्तै, माघमा ६४ करोड ४१ लाख , पुसमा ७१ करोड ९३ लाख , मङ्सिरका ९८ करोड ४० लाख , कात्तिकमा ७९ करोड ६९ लाख , असोजमा ८५ करोड ५८ लाख , भदौमा ९२ करोड ९० लाख र साउनमा ६८ करोड ९६ लाखको कस्मेटिक्सका सामग्री भित्रिएका छन् ।

बिउटीशियन प्रोफेसनल एशोसियसन अफ नेपालले अहिले घरघरमा बिउटी पार्लर खोलेर महिलाहरूले रोजगारी प्रदान गरेसँगै आर्थिक रुपमा समेत लाभ लिइरहेको जनाएको छ ।

हाल नेपालभर रहेका करिब ३ लाख ५० हजार पार्लर तथा सैलुन व्यवसायबाट ४ लाख बढीले रोजगारी प्रदान गर्दै आएको एशोसिएसनले जनाएको छ ।