झापा / सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकामा आगो निभाउने क्रममा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय जयराम सार्की रहेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो साँढे ११ बजे जयरामको आफ्नै बाँस झ्याङमा सल्केको आगो निभाउने क्रममा अचानक आफ्नै शरीरमा आगो सल्किएर जयराम घाईते भएका थिए ।
घटनाको जानकारी प्राप्त हुँनासाथ बिमानस्थल सुरक्षा गार्ड कांगेलबाट खटिएको प्रहरी टोलीले तत्काल उपचारको लागि धरान घोपा लादै गर्दा बाटोमा नै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी टोली खटिएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।