बिर्तामोड /  विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा २०७६ साल असोज १६ गते पक्राउ परेका नेकपा विप्लव समूहका दुई नेता सोमबार धरौटीमा रिहा भएका छन् ।  तत्कालीन मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा र नेकपाका नेता बालकुमार डाँगी रिहा भएका हुन् ।

 उनलाई जिल्ला अदालत मोरङले सोमबार धरौटीमा छोड्न आदेश दिएको थियो ।  अढाई वर्षपछि सो मुद्दाको विषयमा फैसला गर्दै जिल्ला अदालत मोरङका न्यायाधीश किशोर घिमिरेको इजलासले धरौटीमा छोड्न आदेश दिएको खतिवडाले बताए । 

OM Sai Pathibhara Hospital

डाँगी मोरङ बुढीगङ्गाका -७ निवासी हुन् भने खतिवडा बुढीगंगा ४ का स्थायी बासिन्दा हुन् । उनीहरूलाई प्रहरीले मोरङको इक्राहीबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरूलाई डंग्राहाको बालकुमार डाँगीको घर छेउको खोलाबाट फेला परेको विस्फोटक पदार्थ ओसार पसारमा संलग्न भएको अभियोग लागेको थियो ।