काठमाडौँ / मौसमको प्रतिकुल भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।
भिजिबिलिटी कम भएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय तर्फको आधा दर्जन नियमित उडान प्रभावित भएका हुन् ।
कतार एयरवेज, नेपाल वायुसेवन निगम र सिंगापुर एयरलाइन्सको जहाज आकाशमै होल्डमा परेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताएका छन् ।
उनले कतार एयरवेजको एउटा जहाज १० मिनेट र नेवानिको दोहा, दुबई र दिल्लीबाट आएका जहाज क्रमशः १०, ३० र १९ मिनेट होल्डमा परेको बताएका छन् ।
सिंगापुर एयरलाइन्स र भारतको इन्डिगो एयरलाइन्सको जहाज ३६ र ३५ मिनेटको होल्ड पछि मात्र अवतरण गरिएको उनले बताएका छन् ।
उनका अनुसार मंगलबार आन्तरिकतर्फ १५४ उडान र अन्तर्राष्ट्रिय तर्फ ३४ अवतरण र ३३ वटा उडान तालिका रहेको छ ।