सुनसरी / सुनसरीको धरान महानगरपालिका -१९ साम्पाङ चौकबाट फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६ वर्षीय यज्ञ बहादुर खड्का रहेको प्रहरीले जनाएको छ । खड्कामाथि लागूऔषध मुद्दामा जिल्ला अदालत सुनसरीले २०७८ / ०९ / २३ गते फैसाला गरि २ वर्ष ९ महिना १० दिन कैद र रु १ लाख रुपैयाँ जरिवाना तोकेको थियो

  अदालतको फैसला पछि फरार रहेका खड्कालाई १ नम्बर प्रदेशको प्रादेशिक अनुसन्धान समुह आर आई टि बाट खटिएको प्रहरी टोलीले गाउँ घरमा नै लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका खड्कालाई तोकिएको कैद भुक्तानको लागि कारागार चलान गरिएको छ । 

OM Sai Pathibhara Hospital