झापा / कैलालीको कैलारी गाउँपालिका -७  रामपुरको बिपत्त मुक्त कमैया शिविरमा भीषण आगलागी हुँदा ५० भन्दा बढी घरहरु जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सोमेन्द्र सिंह राठौरले आइतबार दिउँसो भएको आगलागीको  कारण खुल्न नसकेको बताए । 

क्षतिको यकिन विवरण र करणपछि थाहा होला राठौरले भने । घरभित्रका अन्न लत्ताकपडा लगायतका सम्पत्ति धेरैको जलेर खरानी भएको छ ।