काठमाडौँ / नेपाललाई अफ्रिकाबाट ट्रान्जिट बनाएर भारत लैजान तस्करी भएको सात किलो कोकिन सहित त्यसका भरिया र भारतीय एजेण्ट पक्राउ परेका छन् । 

 अन्तर्राष्ट्रिय सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरोले एकसाता अघि अफ्रिकाबाट आएका एकजना नागरिकलाई कोकिन सहित नियन्त्रणमा लिएको हो । ब्युरोले एकसाता लामो अपरेशनमा कोकिन बोकेर आउने जाम्बियन नागरिकलाई भेटन आएका भारतीय नागरिकलाई समेत पक्राउ गरेको छ । 
ब्यूरो स्रोतका अनुसार टोलीले जाम्बियन नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर कारवाही थालेको थियो । उनलाई भेटन आउने भारतीय नागरिक कोकिन लिन आएका थिए । 
ब्युरोले दुवैको नाम गोप्य राखेको छ ।