बिर्तामोड / आगामी स्थानीय तहको निर्वाचनका लागि विराटनगर महानगरपालिकाको मेयरमा दाबी गरेका जनता समाजवादी पार्टी (जसपा) का नेता उमेश यादवले पार्टी परित्याग गरेका छन् ।

उनले शनिबार पत्रकार सम्मेलन गर्दै पार्टी परित्याग गरेको जानकारी दिएका हुन् । उनले पार्टीबाट मेयरको टिकट नपाएपछि सबै जिम्मेवारीबाट राजीनामा दिएको बताउँदै उनले आफू स्वतन्त्र बस्ने बताए ।
सत्तारुढ गठबन्धनबीच तालमेल हुँदा विराटनगरको मेयर नेपाली काङ्ग्रेस र उपमेयर जसपाको भागमा परेको थियो ।