बिर्तामोड / मधेस प्रदेशकी पूर्व भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डिम्पलकुमारी झाको आइतबार बिहान काठमाडौंमा निधन भएको छ । झा पूर्वराज्यमन्त्री एवं लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) की प्रदेशसभा सदस्य हुन् । उनी पछिल्लो दुई वर्षदेखि क्यान्सरबाट पीडित थिइन् ।

संविधानसभा सदस्यसमेत रहेकी उनी मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बनेकी थिइन् ।