बिर्तामोड / सुनसरीको बराहक्षेत्र नगरपालिका-४ पिडारी चतरा झुम्का भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने, १० जना घाईते भएका छन । मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका-१ चतरा ४० वर्षीय सरोज खड्का रहेको प्रहरीले जनाएको छ ।
हिजो दिउँसो पौने १ बजे चतराबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९५०४ नम्बरको बस अनियन्त्रित भई नहरको पुलको रेलिङमा ठक्कर खाई दुर्घटना भएको थियो । घाइतेहरुलाई तत्काल उपचारको लागि धरान घोपामा लगिएकोमा खड्काको उपचारको क्रममा मृत्यु भएको हो । बस, चालक बराहक्षेत्र-१ चतराका २५ वर्षीय सनम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।