बिर्तामोड / नेपाल प्रहरीले हालै बढुवा भएका चार जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को पदस्थापन गरेको छ । 

प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजीमा बढुवा भएका चार जनाको पदस्थापन समेत गरेको हो । 

OM Sai Pathibhara Hospital

प्रहरीले चार जना पदस्थापनसँगै डिआइजीको सरुवा समेत गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो को अनुसन्धान महाशाखामा कार्यरत नलप्रसाद उपाध्यायको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर, दाङमा पदस्थापन भएको छ । 

त्यस्तै , प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयका मोहनकुमार आचार्यको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा, १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखामा कार्यरत राजेन्द्रप्रसाद चौधरीको अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखा टङ्गाल र नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा कार्यरत मसाउद आलम खाँको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा पदस्थापन भएको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुरमा रहेका मुकुन्दराज आचार्यको नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, कार्य निर्देशनालयमा सरुवा भएको छ । प्रधान कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा कार्यरत पूजा सिंहको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामै सरुवा भएको छ । 

सिंहको ठाउँमा मधेस प्रदेश प्रहरी कार्यालयमा रहेका उमेश रन्जितकारलाई पठाइएको छ भने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा रहेका पुरुषोत्तम कँडेलको केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा भएको छ ।

पदस्थापन :