कैलाली / कैलालीमा आफ्नै श्रीमानको हत्या गरेपछि एक महिला प्रहरी कार्यालय पुगेकी छन् । आइतबार राति मोहन्याल गाउँपालिका–१ राक्सा बस्ने थुमा थापामगरले श्रीमान नारायण बुढामगरको हत्या गरेपछि प्रहरी कार्यालय पुगेकी हुन् ।
प्रहरीको अनुसार थुमाले श्रीमानको हत्या हसियाँको प्रयोगले गरेकी थिइन् भने सोमबार बिहान प्रहरी कार्यालय पण्डौनमा उनले आत्मसमर्पण गरेकी हुन् ।