बिर्तामोड / नेपालगञ्जमा कारको ठक्करबाट तीन जना पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा नेपालगञ्ज-११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको हो । 

सडकमा हिँडिरहेका तीनै जनालाई प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिएका छन् । 

OM Sai Pathibhara Hospital

कारको ठक्करबाट गम्भीर घाइते भएकालाई त्यहीँ कारमा शिक्षण अस्पताल नेपालगञ्ज लगिएको थियो भने त्यसको पन्ध्र मिनेटपछि नै उनीहरूको मृत्यु भएको अस्पतालले जनाएको छ । 

कार चालक नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएको प्रमुख प्रहरी निरीक्षक शाहले जानकारी दिएका छन् ।