काठमाडौँ / प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई सोमबार १२ बजे बयानको लागि बोलाएको छ । 

गत चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवाको भारतबाट फर्किने क्रममा जहाजको संवेदशील ठाउँमा पुगेको भन्दै प्रेस काउन्सिलले यसअघि धमलालाई स्पष्टीकरण मागेको थियो ।

OM Sai Pathibhara Hospital

धमलाले स्पष्टीकरणमा आफूले गल्ती गरेको भए आत्मालोचना गर्न तयार रहेको बताएका छन् । जनतालाई छिटो समाचार दिँदा गल्ती भएको स्पष्टीकरणमा उल्लेख छ । नेपाल बार एशोसियसनका उपाध्यक्ष रक्षा बस्याल र नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलसहित आचार संहिता अनुगमन समितिले धमलाको जवाफ चित्त बुझ्दो नभएको भन्दै बयानको लागि बोलाउन सिफारिस गरेको हो । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पनि धमलाको  जवाफ चित्तबुझ्दो नभएको प्रतिक्रिया दिएका छन् ।