काठमाडौँ / नेपाली सेनाले सशस्त्र प्रहरी बल, नेपाललाई पाँच सय ९० थान हतियार दिएको छ । 

आइतबार सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा प्रमुख सेनानी प्रभुराम शर्माले पाँच सय थान इन्सास राइफल र ९० थान लाइट सपोर्ट वेपन हतियार प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई हस्तान्तरण गरेका हुन् । 

OM Sai Pathibhara Hospital

सेनाले तालिम तथा विशिष्ट व्यक्तिको सुरक्षाका लागि सशस्त्र प्रहरी बल, नेपाललाई हतियार उपलब्ध गराएको सेनाको मुख्यालयले जनाएको छ । 

नेपाल सरकारको चैत २४ गतेको निर्णय अनुसार सेनाले इन्सास राइफल नौ हजार र लाइट स्पोर्ट हतियार एक हजार छ सय उपलब्ध गराउनु पर्ने छ । सरकारको निर्णय अनुसार सेनले पहिलो चरणमा पाँच सय ९० हतियार बुझाएको हो । 

अव सेनाले अझै आठ हजार पाँच सय थान इन्सास राइफल र एक हजार पाँच सय १० वटा लाइट स्पोर्ट हतियार बुझाउन बाकी रहको छ ।