बिर्तामोड / झापाको बिर्तामोडमा आइतबार एक नयाँ सुनचाँदी पसल (ज्वेलर्स )सञ्चालनमा आएको छ । बिर्तामोडको रत्नसुपर मार्केटमा कुबेर श्रेष्ठ , लक्ष्मी भण्डारी श्रेष्ठ , गणेश भण्डारी र निर्मला भण्डारीले संयुक्त रुपमा ऊँ गणपति ज्वेलर्स सञ्चालनमा ल्याएका हुन् ।
ज्वेलर्सका सञ्चालक कुबेर श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ प्रदेशका सदस्य बिनोद कुमार बस्नेतले प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरेका थिए । प्रमुख अतिथि बस्नेतले कार्यक्रममा विधिवत् रूपमा रिबन काटेर सुनचाँदी पसलको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका कार्य बाहक अध्यक्ष राजु न्यौपानेले विशिष्ट अतिथिको आतिथ्यता ग्रहण गरेका थिए । कार्यक्रममा सुनचाँदी व्यावसायी संघ झापाका अध्यक्ष रमेश बराइली , उद्योग वाणिज्य प्रदेश १ का प्रवक्ता कुमार भट्टराई लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बस्नेत र सुनचाँदी व्यवसायी संघ प्रदेश १ का अध्यक्ष राजु धमलाले कार्य सफल्ताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै सञ्चालक श्रेष्ठले ग्राहकले आडर गरे बमोजिम अनुसारका गर गहना उपलब्ध गराउने प्रतिबद्धता जनाए ।