काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोनसन खोप लगाएका व्यक्तिले पनि अन्य कम्पनीको बुस्टर खोप लगाउन मिल्ने जनाएको छ । जिल्लाबाट पहिलो मात्रा लगाए पुग्ने जे एण्ड जे खोप लगाएकाले के गर्ने भन्ने जिज्ञासा आएपछि मन्त्रालयले सूचना जारी गर्दै बुस्टर मात्रा लगाउन मिल्ने जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार अन्य खोप लगाएका व्यक्तिले जस्तै १८ वर्ष पूरा भई जे एण्ड जे खोप लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर मात्रा लगाउने मिल्छ ।
उपलब्ध भएसम्म जे एण्ड जे खोप लगाउन मन्त्रालयले प्रस्ट पारेको छ । उक्त खोप नपाएमा जे एण्ड जे लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर मात्राका रुपमा कोभिशिल्ड, अस्ट्राजेनिका, मोडर्ना वा फाइजर खोप लगाउन सकिने मन्त्रालयले आग्रह गरेको छ ।