काठमाडौं  / नेपालमा पछिल्लो २४ घण्टामा सात सय ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

आठ हजार छ सय ९६ जनाको पीसीआर परीक्षण गर्दा सात सय ४७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार सोही अवधिमा दुई हजार ३१९ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९६.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय पुगेको छ ।