काठमाडौँ  / संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मंगलबार किस्ट अस्पताल भर्ना भएका उनी आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

उनको स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । जोशी अस्पताल भर्ना भएको ६ दिनपछि डिस्चार्ज भएका हुन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।