बिर्तामोड / देशभर पछिल्लो २४ घण्टामा एक हजार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार २३८ कोरोना संक्रमणमुक्त हुँदा संक्रमणमुक्त हुनेको संख्या नौ लाख ३० हजार ६०७ जना छन् ।