काठमाडौँ / पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६९२ वटा नमुना परीक्षण गर्दा १ हजार ९५७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ५८७ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार १८४ जनामा र ४ हजार १०५ जनामा एन्टिजेन परीक्षण गर्दा ७७३ जनामा संक्रमण देखिएको हो ।

OM Sai Pathibhara Hospital

यो सँगै देशभर सक्रिय सङ्क्रमितको ३६ हजार १८१ रहेको छ। पछिल्लो २४ घण्टामा ५ हजार १०३ जना डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।