काठमाडौं / नेपालमा दुई दिनमा २३ लाखभन्दा बढी कोरोना विरुद्धको मोडर्ना खोप भित्रिएको छ ।

सोमबार ११ लाख ७० हजार र मङ्गलबार ११ लाख ७० हजार गरेर २३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल भित्रिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिए ।
उक्त खोप कोभ्याकस सुविधा अन्तर्गत विश्व बैंकको ऋण सहयोगमा ल्याएको डा चौरसियाले बताएका छन । सो खोप १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने बताइएको छ ।

OM Sai Pathibhara Hospital