झापा /  पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

१३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

२४ घण्टामा पाँच हजार ४३२ जना डिस्चार्ज हुँदा १० जनाको मृत्यु भएको छ। अहिले देशभर ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा एक लाख २८ हजार ५६३ जनाले खोप लगाएका छन्।